• ३० असोज २०८३, शुक्रबार

सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डीनमा डा. धामी

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्।

विश्वविद्यालयको खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट नियुक्त भएका डा. धामीले क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा एमडी र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्।

उनले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरेका उनले निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस