विश्व एन्डोडोन्टिक दिवस मनाइयो
काठमाडौं । विश्व एन्डोडोन्टिक दिवसको अवसरमा कन्जर्भेटिभ डेन्टिस्ट्री एन्ड एन्डोडोन्टिक्स एसोसिएसन अफ नेपाल (सीडीईएएन) ले शुक्रबार काठमाडौंमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
अक्टोबर १६ मा मनाइने दिवसका अवसरमा खुलामञ्चमा योग तथा जुम्बा कार्यक्रम गरिएको थियो। त्यसपछि निकालिएको प्रभातफेरी आर्मी अफिसर्स क्लब पुगेर समापन भएको थियो।
‘स्वस्थ दन्त चिकित्सक, स्वस्थ अभ्यास : आज आत्महेरचाह, भोलि उत्कृष्ट बिरामी सेवा’ नारासहित आयोजित कार्यक्रमले दन्त चिकित्सकको शारीरिक तथा मानसिक स्वास्थ्य, आत्महेरचाह र मुख स्वास्थ्यसम्बन्धी जनचेतनामा जोड दिएको थियो।
एसोसिएसनका अध्यक्ष प्रा. डा. रीमा जोशीका अनुसार नेपालमा करिब ९० जना दाँतको जरासम्बन्धी उपचारका विशेषज्ञ (एन्डोडोन्टिस्ट) छन्। तीमध्ये ८७ जना एसोसिएसनमा आबद्ध छन्।
महासचिव डा. समा प्रधानले दन्त चिकित्सकले व्यस्त पेसागत जीवनका बीच आफ्नो स्वास्थ्य र तन्दुरुस्तीलाई पनि प्राथमिकता दिनुपर्ने बताइन्। चिकित्सकको शारीरिक तथा मानसिक स्वास्थ्यले बिरामीलाई प्रदान गरिने सेवाको गुणस्तरमा समेत प्रभाव पार्ने उनको भनाइ छ।
कार्यक्रम संयोजक डा. वर्षा जोशीले व्यावसायिक जिम्मेवारीसँगै व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनुपर्ने सन्देश कार्यक्रमले दिएको बताइन्।
एसोसिएसन दाँतको संरक्षण, रुट क्यानल उपचार तथा आधुनिक एन्डोडोन्टिक उपचार पद्धतिको प्रवर्द्धनमा क्रियाशील छ।
.jpeg)

-1792132509.jpeg)









..jpeg)





..jpeg)
प्रतिकृया दिनुहोस