डब्ल्युएचओ क्षेत्रीय निर्देशक वाजेदको राजीनामा
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदले पदबाट राजीनामा दिएकी छन्।
रोयटर्सका अनुसार आफूविरुद्ध ठगीसम्बन्धी अनुसन्धान भइरहेका बेला वाजेदले बुधबार राजीनामा दिएकी हुन्। राजीनामा पत्रमा अनुसन्धानकै बीच पदबाट हट्ने निर्णय गरेको उल्लेख छ।
वाजेद बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्। सन् २०२४ मा हसिना सत्ताच्युत भएपछि उनका परिवारका सदस्य तथा राजनीतिक सहयोगीमाथि समेत विभिन्न आरोपमा अनुसन्धान र मुद्दा अघि बढेका छन्।
वाजेदले सन् २०२४ देखि डब्ल्युएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
डब्ल्युएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयमा नेपालसहित भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर–लेस्टे गरी ११ सदस्य राष्ट्र छन्। यी सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीमध्येबाट क्षेत्रीय अध्यक्ष चयन हुने र सदस्य राष्ट्रहरूले मतदान वा सहमतिका आधारमा क्षेत्रीय निर्देशक चयन गर्ने व्यवस्था छ।




..jpeg)



..jpeg)










प्रतिकृया दिनुहोस