पुरानो सहमति कार्यान्वयन नभएसम्म वार्तामा नबस्ने डा. केसीको अडान
काठमाडौं। अनशनरत डा. गोविन्द केसीले सरकारले गठन गरेको वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन्।
बिहीबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई डा. केसीले राजनीतिक तहको नेतृत्वमा वार्ता टोली गठन भएपछि मात्रै वार्तामा बस्ने सन्देश दिँदै फिर्ता पठाएका हुन्।
डा. केसीले शिक्षा मन्त्री वा प्रधानमन्त्रीको नेतृत्वमा गठन हुने वार्ता टोलीसँग मात्रै वार्ता गर्ने अडान राखेका छन्। यसअघि २०८३ साउन ११ गते भएको सहमतिमा दुई जना सचिवले हस्ताक्षर गरे पनि त्यसलाई राजनीतिक नेतृत्वले अपनत्व लिएर कार्यान्वयनको प्रक्रिया अगाडि नबढाएको उनको भनाइ छ।
उनले यसअघिको सत्याग्रहका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयनलाई वार्ताको पूर्वसर्त बनाएका छन्। विगतका सहमति कार्यान्वयन गर्ने र अब हुने सहमति पनि कार्यान्वयन गर्ने अख्तियारी प्राप्त राजनीतिक तहको नेतृत्व वार्तामा सहभागी हुनुपर्ने उनको माग छ।
सरकारले गठन गरेको वार्ता टोलीसँग वार्ता नगर्ने निर्णयसँगै डा. केसीले यसअघिका सहमति कार्यान्वयन र नयाँ सहमतिको कार्यान्वयन सुनिश्चितताका लागि राजनीतिक नेतृत्वकै प्रतिबद्धता खोजेका छन्।



..jpeg)




..jpeg)
..jpeg)









प्रतिकृया दिनुहोस