• २० कार्तिक २०८३, शुक्रबार

डा. केसीको जीवनरक्षाका लागि चाल्नु पर्ने कदमबारे चिकित्सक संघले शुक्रबार छलफल गर्ने

काठमाडौं । नेपाल चिकित्सक संघले २५औँ आमरण अनसनमा रहेका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको जीवनरक्षाका लागि नेपाल चिकित्सक संघले चाल्नुपर्ने कदमबारे आगामी शुक्रबार छलफल हुने भएको छ।

संघले डा. केसीको जीवनरक्षाका लागि सरकारसँग तत्काल वार्ता गरी उहाँले उठाएका माग सम्बोधन गर्न जोडदार माग गरेको छ।

संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा डा. केसी आठ दिनदेखि आमरण अनशनमा रहनुभएको र स्वास्थ्यमा गम्भीर जटिलता देखिन थालेकोप्रति चिन्ता व्यक्त गरेको छ। सरकारले यसअघि माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै संघले दुःखसमेत व्यक्त गरेको छ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले तत्काल वार्ताको वातावरण बनाई समस्याको समाधान खोज्न संघले सरकारसँग आग्रह गरेको छ।

यसैबीच, डा. केसीको जीवनरक्षा र आन्दोलनका सम्बन्धमा संघले चाल्नुपर्ने आगामी कदमबारे छलफल गर्न शुक्रबार कात्तिक २० गते दिउँसो १ बजे केन्द्रीय कार्यालय प्रदर्शनीमार्गमा बैठक बोलाइएको छ।

छलफलमा संघका पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक समाज, अस्पताल निर्देशक, आवासीय चिकित्सकलगायत सम्पूर्ण चिकित्सकलाई सहभागी हुन संघले अनुरोध गरेको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस