ट्रमा सेन्टरलाई महानगरको करिब १ करोडको इम्प्लान्ट सहयोग, विपन्न, बेवारिसे तथा आर्थिक अवस्था कमजोर बिरामीले पाउने
काठमाडौं। काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब १ करोड रुपैयाँ बराबरका ११५ प्रकारका अर्थोपेडिक इम्प्लान्ट तथा मेडिकल सामग्री हस्तान्तरण गरेको छ।
शुक्रबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीलाई सामग्री हस्तान्तरण गरेकी हुन्। महानगरका अनुसार उक्त सामग्रीबाट विपन्न, बेवारिसे तथा आर्थिक अवस्था कमजोर बिरामीले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन्।
महानगरले प्राप्त सामग्रीको प्रयोग र मौज्दातबारे ट्रमा सेन्टरले हरेक चार महिनामा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरेको छ। सेन्टरका प्रमुख डा. मरासिनीले सहयोगप्रति आभार व्यक्त गर्दै सामग्रीको पारदर्शी र प्रभावकारी उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


















प्रतिकृया दिनुहोस