• १२ श्रावण २०८३, मंगलबार

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव पौडेल सेती अस्पताल पुगे

धनगढी। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका वार्ता टोली सदस्य तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल शनिबार सेती प्रादेशिक अस्पताल पुगेका छन्।

२४औँ आमरण अनशनको तेस्रो दिन स्वास्थ्य अवस्था बिग्रिएपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ। अस्पतालमै पुगेर सचिव पौडेलले डा. केसीसँग भेटवार्ता गरेका हुन्। सरकारले संवादमार्फत अनशन अन्त्य गराउने प्रयासस्वरूप उनलाई धनगढी पठाएको हो।

यसअघि शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसलगत्तै वार्तालाई औपचारिक रूपमा अघि बढाउन सचिव पौडेललाई धनगढी पठाइएको मन्त्रालय स्रोतले जनाएको छ। त्यसैगरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सचिव डा विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल पनि वार्ताका लागि धनगढी जाने तयारीमा रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस