डा. गोविन्द केसीका माग सम्बोधन गर्न चिकित्सक संघको ध्यानाकर्षण
काठमाडौं। नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि २४औँ पटक आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक एवं सामाजिक अभियन्ता प्रा. डा. गोविन्द केसीका जायज मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा डा. केसीले नेपालको समग्र स्वास्थ्य क्षेत्रको विकासमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याएको उल्लेख गर्दै हालको अनसनका क्रममा उनको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको जनाएको छ।
हालै शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका डा. केसीको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनको जीवनरक्षाका लागि सरकारले उनले उठाएका जायज मागप्रति उच्च संवेदनशीलता देखाई शीघ्र समाधानको पहल गर्न चिकित्सक संघले नेपाल सरकार तथा सबै सरोकारवालासँग आग्रह गरेको छ।
चिकित्सक संघले संवाद र सहमतिमार्फत समस्या समाधान गरी डा. केसीको जीवन रक्षा गर्न सबै पक्षलाई जिम्मेवार ढंगले अघि बढ्न अपिल गरेको छ।



















प्रतिकृया दिनुहोस