संक्रमण नियन्त्रण सोसाइटीको अध्यक्षमा प्रमिला श्रेष्ठ
काठमाडौं। संक्रमण नियन्त्रणसम्बन्धी क्षेत्रमा कार्यरत इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ। सोसाइटीको अध्यक्षमा प्रमिला श्रेष्ठ चयन भएकी छन्।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रुक्मणी खड्का बस्नेत, महासचिवमा रोशनी राना, कोषाध्यक्षमा इक्षा थापा मगर, सहसचिवमा रोशनी थापा र सहकोषाध्यक्षमा सबिना डंगोल चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यमा लक्ष्मी डंगोल, शोभा न्यौपाने, अल्का महर्जन, जेनी श्रेष्ठ र सुष्मा बी.सी. चयन भएका छन्।
सोसाइटीले संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी तालिम, प्रमाणिकरण कार्यक्रम तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका गतिविधि सञ्चालन गर्दै आएको छ।
नयाँ कार्यसमितिले संक्रमण रोकथाम तथा नियन्त्रण, स्वास्थ्य संस्थामा संक्रमणको जोखिम न्यूनीकरण तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका क्षेत्रमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।















..jpeg)


प्रतिकृया दिनुहोस