नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. ढुण्डीराज पौडेल
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष पौडेलले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. पौडेल हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्। उनले यसअघि वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए।

डा. पौडेलले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्य चिकित्सामा एमएस अध्ययन पूरा गरेका हुन्। उनले एमएसमा गोल्ड मेडलसमेत प्राप्त गरेका थिए। यसअघि उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए।















..jpeg)


प्रतिकृया दिनुहोस