• ४ भदौ २०८३, बिहीबार

प्रधानमन्त्री शाह र स्वास्थ्य मन्त्री मेहताबिच कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबिच चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री मेहताले प्रधानमन्त्री शाहसँग सम्झौतामा हस्ताक्षर गर्दै प्रति आदानप्रदान गरेकी हुन्।

सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित विषयलाई प्राथमिकता दिँदै मन्त्रालयले चालु आर्थिक वर्षमा हासिल गर्नुपर्ने प्रमुख उपलब्धि तथा कार्यसम्पादन सूचक समेटिएको बताइएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस