एनएचआरसीको अध्यक्षमा डा. सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायणबहादुर मल्होत्रा
काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्षमा डा. सुधा बस्नेत र उपाध्यक्षमा डा. नारायणबहादुर मल्होत्रा नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
परिषद्को सदस्यमा डा. गणेश दंगाल, डा. सन्तोषकुमार ठाकुर, डा. सतीशकुमार देव, डा. धर्मागत भट्टराई र डा. रबा थापा नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष डा. सुधा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन्।
त्यस्तै, उपाध्यक्ष डा. नारायणबहादुर मल्होत्रा सोही क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन्।
नयाँ नेतृत्वसँगै परिषद्ले स्वास्थ्य अनुसन्धानलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै अनुसन्धानको गुणस्तर, नीति निर्माणमा अनुसन्धानको प्रयोग तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा आधारित अनुसन्धानलाई अघि बढाउने अपेक्षा गरिएको छ।















..jpeg)


प्रतिकृया दिनुहोस