• ४ भदौ २०८३, बिहीबार

योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. जनकबहादुर बस्नेत

काठमाडौं। योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालको १८औँ वार्षिक साधारण सभा तथा ९औँ महाधिवेशनले डा. जनकबहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

शनिबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, मातातीर्थ हाइटस्थित जंगल महल वेलनेस रिसोर्टमा सम्पन्न महाधिवेशनले नेपालका अग्रज योग तथा प्राकृतिक चिकित्सक डा. बस्नेतलाई पुनः अध्यक्षमा चयन गरेको हो। डा. बस्नेत विगत १८ वर्षदेखि संघको नेतृत्व गर्दै आएका छन्।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. दिनेश राई, महासचिवमा डा. हेमराज कोइराला र कोषाध्यक्षमा डा. सञ्जु खाइजू चयन भएका छन्। सदस्यहरूमा डा. रविनलाल श्रेष्ठ, डा. सुमन चौलागाईं र डा. अभिश्राम गुरागाईं चयन भएका छन्।

महाधिवेशनमा योग तथा प्राकृतिक चिकित्सकहरूको पेशागत हकहित संरक्षण, योग तथा प्राकृतिक चिकित्सा विधाको विकास, चिकित्सकहरूको क्षमता अभिवृद्धि, सदस्यता विस्तार तथा संघको संस्थागत र आर्थिक सुदृढीकरणलगायत विषयमा छलफल भएको थियो।

अग्रज प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा. डा. दिनेशप्रसाईंसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले योग तथा प्राकृतिक चिकित्साको विकास र यसको प्रभावकारी विस्तारका विषयमा धारणा राखेका थिए।

नवनिर्वाचित अध्यक्ष डा. बस्नेतसहित कार्यसमितिले नेपालमा योग तथा प्राकृतिक चिकित्साको प्रवद्र्धनसँगै यस क्षेत्रमा कार्यरत चिकित्सकहरूको पेशागत अधिकार, क्षमता विकास र व्यावसायिक सुरक्षाका लागि प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस