अभिनेता नाना पाटेकरको निधन
काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरको निधन भएको छ। गोवास्थित आफ्नै निवासमा हृदयघातपछि अचेत अवस्थामा अस्पताल लगिएका ७५ वर्षीय पाटेकरलाई चिकित्सकहरूले बिहीबार बिहान ५ः२० बजे मृत घोषित गरेका हुन्।
अस्पताल स्रोतका अनुसार उनलाई बचाउन चिकित्सकहरूले करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएका थिए।
सन् १९७८ मा ‘गमन’बाट अभिनय यात्रा सुरु गरेका पाटेकरले चार दशकभन्दा लामो समय बलिउडमा बिताएका थिए। उनले तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन्। ‘क्रान्तिवीर’का लागि सर्वश्रेष्ठ अभिनेता, ‘परिन्दा’का लागि सर्वश्रेष्ठ सहायक अभिनेता तथा ‘अंगार’ र ‘अपहरण’का लागि सर्वश्रेष्ठ खलनायकको फिल्मफेयर अवार्डसमेत जितेका थिए।



..jpeg)







..jpeg)





..jpeg)
प्रतिकृया दिनुहोस