प्रधानमन्त्री बालेनकी पत्नी सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेको त्रिवि शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ।
अचानक पेट दुखेपछि महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेकी काफ्लेको स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस पुष्टि भएको थियो। त्यसपछि चिकित्सकले तत्काल शल्यक्रिया गरेका हुन्।
अस्पतालका सहायक सूचना अधिकारी कालीप्रसाद रोसयराका अनुसार वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीरसिंह कंसाकार नेतृत्वको विशेषज्ञ टोलीले बिहीबार बिहान उनको शल्यक्रिया गरेको हो।
शल्यक्रियापछि काफ्लेको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको अस्पतालले जनाएको छ। उनलाई थप निगरानी तथा उपचारका लागि अस्पतालको वार्डमा सारिएको छ।



..jpeg)













..jpeg)
प्रतिकृया दिनुहोस