• ३० असोज २०८३, शुक्रबार

कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या ४ हजार ३८१ पुग्यो

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ हजार ३८१ पुगेको छ। गत मे १५ मा प्रकोप घोषणा गरिएयता नौ हजार ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

मङ्गलबार सार्वजनिक विवरणअनुसार सङ्क्रमितमध्ये मृत्यु हुनेको अनुपात ४८.३ प्रतिशत छ। बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोपले देशका सात प्रान्तका ६५ स्वास्थ्य क्षेत्रलाई प्रभावित पारेको छ। पूर्वी प्रान्त इटुरी सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ।

यस भाइरसविरुद्ध विशेष रूपमा स्वीकृत खोप वा उपचार उपलब्ध नभए पनि उपचारका लागि चिकित्सकीय परीक्षण भइरहेको जनाइएको छ। यो सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीपछि कङ्गोमा देखिएको सबैभन्दा ठूलो इबोला प्रकोप हो।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस