कला मार्फत मानसिक स्वास्थ्य प्रवर्द्धन, ‘मेरो कथा, मेरो रंग’ कार्यशाला सम्पन्न
काठमाडौं। नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ (एनआईओएमएच)ले आयोजना गरेको कला–आधारित मानसिक स्वास्थ्य सचेतना कार्यशाला ‘मेरो कथा, मेरो रंग’ शनिबार (असार २०) टोखास्थित नेचर क्लब रेस्टुरेन्टमा सम्पन्न भएको छ।
कार्यक्रमको सुरुआतमा अध्यक्ष डा. सञ्जय यादव तथा कोषाध्यक्ष अनुराधा आचार्यले संस्थाको उद्देश्य, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि सञ्चालन भइरहेका कार्यक्रम तथा ‘मेरो कथा, मेरो रंग’ कार्यशालाको अवधारणाबारे जानकारी गराएका थिए।

कार्यशालामा थेरापिस्ट तथा प्रशिक्षक अंकिता कर्ण, एकता श्रेष्ठ, ईश्वर मैनाली र श्रेया ढंगोलले आर्टलाई आत्मअभिव्यक्ति, भावनात्मक व्यवस्थापन र मानसिक स्वास्थ्य प्रवर्द्धनको माध्यमका रूपमा प्रयोग गर्ने विषयमा सहजीकरण गरेका थिए। प्रशिक्षणका क्रममा चित्रकला, सिर्जनात्मक अभ्यास तथा अन्तरक्रियात्मक गतिविधिमार्फत सहभागीहरूलाई आफ्ना भावना अभिव्यक्त गर्ने र मानसिक स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने अभ्यास गराइएको थियो।
आयोजकका अनुसार कार्यक्रममा युवा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले कला केवल सिर्जनात्मक माध्यम मात्र नभई मानसिक स्वास्थ्य बुझ्ने, आफ्ना भावना अभिव्यक्त गर्ने र तनाव व्यवस्थापनमा उपयोगी माध्यम भएको अनुभव बाँडेका थिए। उनीहरूले यस्तो प्रकारको प्रशिक्षण ज्ञानवर्द्धक, उपयोगी र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए।
.jpeg)
एनआईओएमएचले यस्ता कार्यक्रममार्फत मानसिक स्वास्थ्यप्रतिको सचेतना विस्तार गर्ने, सामाजिक कलंक न्यूनीकरण गर्ने तथा समुदायमा खुला संवादको वातावरण निर्माण गर्ने उद्देश्यका साथ आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर सञ्चालन गर्ने जनाएको छ।
कार्यक्रममा बिभिन्न उमेर समुहका ३५ जना सहभिगी थिए।




..jpeg)













..jpeg)

प्रतिकृया दिनुहोस