काठमाडौँ महानगरमा बाइक एम्बुलेन्स सेवा सुरु
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आकस्मिक अवस्थामा बिरामीसम्म छिटो स्वास्थ्यकर्मी पुर्याउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ। ट्राफिक जामका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न कठिन हुने अवस्थामा बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको हो।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार बाइक एम्बुलेन्स सेवा प्रारम्भ भएको घोषणा गर्दै नेपाल एम्बुलेन्स सर्भिसलाई बाइक हस्तान्तरण गरिन्।
डंगोलका अनुसार बाइक एम्बुलेन्सले बिरामीलाई अस्पताल लैजाने नभई आकस्मिक उपचारका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी घटनास्थल वा बिरामी भएको ठाउँमा पुर्याउनेछ। यसले जीवनरक्षाका लागि महत्त्वपूर्ण मानिने ‘गोल्डेन आवर’ मा तत्काल उपचार सुरु गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सेवा लिन नेपाल एम्बुलेन्स सर्भिसको हटलाइन नम्बर १०२ मा फोन गर्नुपर्नेछ। बाइक एम्बुलेन्समा आकस्मिक चिकित्सा प्राविधिक (ईएमटी) आवश्यक प्राथमिक उपचार सामग्रीसहित पुग्नेछन्। उनीहरूले बिरामीको प्रारम्भिक उपचार गरी अवस्था बिग्रन नदिने प्रयास गर्नेछन्। त्यसपछि चारपाङ्ग्रे एम्बुलेन्समार्फत बिरामीलाई अस्पताल लगिनेछ।
नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष डा. अनिल श्रेष्ठले बाइक एम्बुलेन्स सेवाको उपयोगिता र प्रभावकारिताबारे तथ्याङ्क संकलन गरी महानगरपालिकालाई उपलब्ध गराउने बताए। महानगरपालिकाको स्वास्थ्य विभागले परीक्षण अवधिको समीक्षा गरेपछि सेवाको विकास र विस्तारबारे योजना बनाउने जनाएको छ।

..jpeg)














..jpeg)
प्रतिकृया दिनुहोस