ईसियमको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
काठमाडौं। औषधिको सुरक्षित, प्रभावकारी र तर्कसंगत प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्टरनेसनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन्स (ईसियम)को तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ।
बिहीबारदेखि सुरु भएको तीनदिने सम्मेलनको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा देवेन्द्रबहादुर खत्रीले उद्घाटन गरेका हुन्।
ईसियमको आयोजनामा तथा नेपालमा गठित स्थानीय आयोजक समितिको व्यवस्थापनमा नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा सम्मेलन सञ्चालन हुनेछ। स्थानीय आयोजक समितिको नेतृत्व नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष डा. कादिर आलमले गरेका छन्।
सम्मेलनमा नेपालसहित २३ देशका १५० भन्दा बढी प्रतिनिधि सहभागी छन्।



















प्रतिकृया दिनुहोस