• ८ मङ्सिर २०८३, मंगलबार

सहमतिहरू शीघ्र कार्यान्वयन गर्न डा. केसीको सरकारलाई पुनः ध्यानाकर्षण

काठमाडौं। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएका सहमतिहरू अझै कार्यान्वयन नभएको भन्दै प्रा. डा. गोविन्द केसीले सरकारको पुनः ध्यानाकर्षण गराएका छन्।

डा. केसीले २०८३ मंसिर ७ गते जारी गरेको विज्ञप्तिमा सरकारलाई सहमतिहरू तत्काल कार्यान्वयन गर्न पुनः आग्रह गरेका हुन्। उनले सहमति कार्यान्वयन नभए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन्।

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राख्दै गरिएको २४औँ सत्याग्रहसहितको आन्दोलन २०८३ साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमतिपछि स्थगित भएको थियो।

तर, सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने थप निर्णय गरेको डा. केसीको आरोप छ। त्यसको विरोध तथा पुराना सहमति कार्यान्वयन र जनहितविपरीतका निर्णय खारेजीको माग गर्दै उनले २५औँ सत्याग्रहसहित नौदिने आन्दोलन गरेका थिए। उक्त आन्दोलन २०८३ कात्तिक २१ गते शिक्षा मन्त्रीसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित गरिएको थियो।

सरकारले दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका सहमतिका बुँदाहरू अझै कार्यान्वयन नभएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। सहमतिपछि तिहार र छठको सार्वजनिक बिदा परेकाले सरकारलाई कार्यान्वयनका लागि केही दिन थप समय दिएको पनि उनले स्पष्ट पारेका छन्।

अब पनि सहमतिहरू शीघ्र कार्यान्वयन नगरिएमा वा सहमतिविपरीतका गतिविधि भएमा आन्दोलन पुनः सुरु गर्ने उनको चेतावनी छ। त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने डा. केसीले बताएका छन्।

जनताको स्वास्थ्य र शिक्षासँग सम्बन्धित सवालमा सरकार आफ्नो प्रतिबद्धताबाट पछि हट्न नमिल्ने उल्लेख गर्दै उनले सहमति कार्यान्वयन गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व भएको बताएका छन्।

यस्ता थिए २५ औँ सत्याग्रहका सहमतिका मुख्य ६ बुँदा

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस