• ८ मङ्सिर २०८३, मंगलबार

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ पदका लागि आवेदन खुला

काठमाडौं। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विशेषज्ञ चिकित्सक तथा नर्सिङ जनशक्तिका २१ पदमा दरखास्त आह्वान गरेको छ।

प्रतिष्ठानले २३ नोभेम्बर २०२६ मा सूचना प्रकाशित गर्दै असिस्टेन्ट प्रोफेसर र लेक्चरर पदमा कार्यसम्पादन करारका आधारमा नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

खुला पदमा युरोलोजी, ग्यास्ट्रो सर्जरी, पेडियाट्रिक क्रिटिकल केयर, स्त्रीरोग तथा प्रसूति, न्युरोलोजी, इन्टरनल मेडिसिन, ग्यास्ट्रोइन्टेरोलोजी, कार्डियोलोजी, हेमाटोलोजी, इन्डोक्राइनोलोजी, प्यालिएटिभ केयर, इमर्जेन्सी मेडिसिन, अर्थोपेडिक्स, नेत्ररोग, मनोचिकित्सा, मेडिकल अंकोलोजी, ईएनटी र एडल्ट हेल्थ नर्सिङलगायत विषय समावेश छन्।

सम्बन्धित विषयमा आवश्यक स्नातकोत्तर उपाधि तथा नेपाल मेडिकल काउन्सिल वा नेपाल नर्सिङ काउन्सिलको विशेषज्ञ दर्ता भएका योग्य उम्मेदवारले आवेदन दिन सक्नेछन्।

इच्छुक उम्मेदवारले आवश्यक शैक्षिक प्रमाणपत्र, बायोडाटा, पासपोर्ट साइज फोटो र कभरिङ लेटरसहित आगामी ३० नोभेम्बर २०२६ भित्र प्रतिष्ठानको रजिस्ट्रार कार्यालय, लगनखेल–५, ललितपुरमा आवेदन बुझाउनुपर्नेछ।

आवेदन फाराम प्रतिष्ठानको कार्यालय वा वेबसाइट www.pahs.edu.np बाट प्राप्त गर्न सकिनेछ। परीक्षाको मिति र समय पछि सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस