रोबोटिक सर्जरीसहित आधुनिक प्रविधिमा केन्द्रित एनएसजीई सम्मेलन
काठमाडौं। नेपाल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (एनएसजीई)को तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
इन्टरनेसनल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपीसँगको सहकार्यमा शनिबार आयोजित सम्मेलनमा नेपालसहित विभिन्न देशका करिब चार सय विशेषज्ञ चिकित्सक सहभागी भएका थिए। सम्मेलनको उद्घाटन डा. सुधा शर्माले गरेकी थिइन्।
महिला स्वास्थ्य तथा न्यूनतम चिरफार (मिनिमली इन्भेसिभ) शल्यक्रियामा केन्द्रित सम्मेलनमा प्रसूति तथा स्त्रीरोग उपचारमा रोबोटिक सर्जरी, हिस्टेरोस्कोपी र ल्याप्रोस्कोपीजस्ता अत्याधुनिक प्रविधिको प्रयोग तथा विस्तारबारे छलफल भएको थियो। सम्मेलनमा विभिन्न क्लिनिकल अनुसन्धानसमेत प्रस्तुत गरिएको थियो।
एनएसजीईका अध्यक्ष डा. दंगालका अनुसार सम्मेलनमा तीन सयभन्दा बढी नेपाली तथा एक सयभन्दा बढी अन्तर्राष्ट्रिय विशेषज्ञको भौतिक तथा भर्चुअल सहभागिता थियो।
सुरक्षित र आधुनिक शल्यक्रिया विधिलाई संस्थागत गर्ने उद्देश्यले आयोजित सम्मेलनका अवसरमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञलाई ‘एफआईसीजी’ फेलोसिपसमेत प्रदान गरिएको थियो।
एनएसजीई प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरूको व्यावसायिक संस्था हो। संस्थाले महिलाको स्वास्थ्य उपचारमा प्रयोग हुने मिनिमली इन्भेसिभ सर्जरी, ल्याप्रोस्कोपी तथा हिस्टेरोस्कोपी प्रविधिलाई प्रवर्द्धन गर्दै चिकित्सकको क्षमता अभिवृद्धिमा काम गर्दै आएको छ।









..jpeg)









प्रतिकृया दिनुहोस