• ४ असोज २०८३, आइतबार

नेशनल डेन्टल लिमिटेडको २९औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। नेशनल डेन्टल लिमिटेडको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले संस्थालाई नवप्रवर्तन र सहकार्यमा आधारित नयाँ चरणमा अघि बढाउँदै नेपालमा एकीकृत ‘ई–डेन्टल इकोसिस्टम’ विकासमा योगदान गर्ने रणनीतिक दृष्टिकोण अघि सारेको छ।

सन् १९९७ मा नेपालको पहिलो डेन्टल अस्पतालका रूपमा स्थापना भएको नेसनल डेन्टल लिमिटेडले आधुनिक, गुणस्तरीय तथा बिरामीकेन्द्रित दन्त स्वास्थ्य सेवाको विकास र प्रवर्द्धनमा काम गर्दै आएको जनाएको छ।

करिब तीन दशकको अनुभव र सेवाबाट प्राप्त उपलब्धिलाई आधार बनाउँदै संस्थाले दन्त स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने, विभिन्न क्षेत्रसँग सहकार्य बढाउने तथा नेपालको दन्त स्वास्थ्य सेवाको भविष्यलाई थप प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ।

साधारणसभाले संस्थाको आगामी यात्रालाई नवप्रवर्तन, सहकार्य र डिजिटल प्रविधिसँग जोड्दै एकीकृत ई–डेन्टल इकोसिस्टम निर्माणमा योगदान गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

 

प्रतिकृया दिनुहोस