दशैंका कारण भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्यो
काठमाडौं । दशैंको सार्वजनिक बिदाका कारण बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
यसअघि सरकारले हरेक वर्ष कात्तिक २ र ३ गते पहिलो चरणको कार्यक्रम सञ्चालन गर्दै आएको थियो। तर, यस वर्ष उक्त मितिमा दशैंको बिदा परेकाले कार्यक्रम पछाडि सारिएको विभागले जनाएको छ।
कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
विभागले निर्धारित मितिमा नजिकैको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ। सरकारले बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन र जुकाको सङ्क्रमणबाट हुने स्वास्थ्य जोखिम घटाउन हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।





..jpeg)










..jpeg)

प्रतिकृया दिनुहोस