• ३ मङ्सिर २०८३, बिहीबार

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा १६ कर्मचारी माग, स्टाफ नर्सका लागि १० पद

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न प्राविधिक पदमा १६ जना कर्मचारी करार सेवामा नियुक्त गर्न दरखास्त आह्वान गरेको छ।

अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गर्दै स्टाफ नर्स, अ.न.मी., रेडियोग्राफी टेक्निसियन र ल्याब असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो।

अस्पतालका अनुसार स्टाफ नर्समा १० जना, अ.न.मी.मा ४ जना, रेडियोग्राफी टेक्निसियनमा १ जना र ल्याब असिस्टेन्टमा १ जना गरी कुल १६ जना कर्मचारी भर्ना गरिनेछ।

उक्त पदमा आवेदन दिन इच्छुक योग्य नेपाली नागरिकले मंसिर १५ गते कार्यालय समयभित्र अस्पतालमा दरखास्त पेस गर्नुपर्नेछ।

आवेदनका साथ आवेदकले शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित परिषद्को अद्यावधिक दर्ता प्रमाणपत्र, अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि र व्यक्तिगत बायोडाटा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

अस्पतालले आवेदकका लागि लिखित परीक्षा मंसिर २२ गते सञ्चालन गर्ने जनाएको छ। लिखित परीक्षामा सफल उम्मेदवारका लागि मंसिर २९ गते प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता सञ्चालन गरिनेछ।

अस्पतालले करार सेवाका लागि खुलाएको उक्त पदमा योग्यता पुगेका इच्छुक उम्मेदवारलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस