• ३ मङ्सिर २०८३, बिहीबार

हेल्थ फाउन्डेसन नेपालको अध्यक्षमा पुनः डा. श्रीधर पौडेल निर्वाचित

काठमाडौं। हेल्थ फाउन्डेसन नेपालको १४औँ वार्षिक सम्मेलनले डा. श्रीधर पौडेललाई पुनः अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।

अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोरमा नोभेम्बर १३ देखि १५, २०२६ सम्म आयोजित सम्मेलनले प्रतीक्षा खत्रीलाई कार्यकारी निर्देशकमा चयन गरेको छ। त्यस्तै, उपाध्यक्षमा डा. सञ्जय यादव र डा. दीपेन्द्र थपलिया, महासचिव तथा उपनिर्देशकमा डा. नवीन भट्ट, सचिवमा प्रयास गौतम र कोषाध्यक्षमा झविन्द्र घिमिरे चयन भएका छन्।

२० सदस्यीय सञ्चालक समितिसमेत गठन गरिएको संस्थाले जनाएको छ।

“विपद्भन्दा पर: मनको उपचार, समुदायको सुदृढीकरण र उत्थानशीलताको निर्माण” भन्ने नारासहित आयोजित सम्मेलनमा संस्थाको भावी कार्यदिशा र नेपालमा स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको थियो।

सम्मेलनको पूर्वसन्ध्यामा अध्यक्ष डा. पौडेलसहित संस्थाका प्रतिनिधिहरूले नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच. डेलिसी तथा मेरिल्यान्डका नेपाली मूलका सांसद डा. ह्यारी भण्डारीसँग भेटवार्ता गरेका थिए।

सन् २०१३ मा स्थापित हेल्थ फाउन्डेसन नेपालले नेपालका ग्रामीण तथा सहरी क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चित र आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी जनस्वास्थ्य, मानसिक स्वास्थ्य, मातृ तथा बाल स्वास्थ्य, पोषण, सरसफाइ र प्राथमिक स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्दै आएको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस