नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष वरिष्ठ सर्जन डा. सुदीपकुमार भट्टाचार्यको निधन
काठमाडौं। नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ शल्य चिकित्सक प्राडा. सुदीपकुमार भट्टाचार्यको निधन भएको छ। संघका अनुसार उनको २०८३ असोज १५ गते बिहान निधन भएको हो।
१९९२ सालमा धनुषाको एकराही गाउँमा जन्मिएका डा. भट्टाचार्यले चिकित्सा क्षेत्रमा पाँच दशकभन्दा लामो समय सेवा गरेका थिए। चिकित्सा क्षेत्रका अग्रज सर्जनका रूपमा उनले दुर्गम क्षेत्रदेखि राजधानीसम्म सेवा दिएका थिए।
उनले वीर अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), नेपाल मेडिकल काउन्सिल तथा राष्ट्रिय ट्रमा सेन्टरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्षसमेत थिए।






..jpeg)












प्रतिकृया दिनुहोस