कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो
किन्शासा । लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा घट्दै गए पनि प्रकोप अझै नियन्त्रणमा आएको छैन। कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म आठ हजार तीन सय जनामा संक्रमण पुष्टि भएको छ भने चार हजार १८ जनाको मृत्यु भएको छ।
संक्रमण सात प्रान्तमा फैलिएको छ। संक्रमितमध्ये दुई हजार १६२ जना उपचारपछि निको भएका छन्। मृत्यु दर ४८ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार इटुरी प्रान्तका केही क्षेत्रमा नयाँ संक्रमितको संख्या घटे पनि पूर्वी कंगोका अन्य क्षेत्रमा संक्रमण अझै फैलिरहेको छ। दक्षिण उबाङ्गी प्रान्त संक्रमण पुष्टि भएको सातौँ प्रान्त बनेको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सेप्टेम्बर २३ सम्म सात प्रान्तका ६३ स्वास्थ्य क्षेत्रमा संक्रमण देखिएको थियो। तीमध्ये ४८ क्षेत्रमा पछिल्लो २१ दिनमा नयाँ संक्रमित फेला परेका थिए।
सीमा विनाका चिकित्सक (एमएसएफ) ले भने निगरानी तथा संक्रमितको पहिचानमा देखिएका चुनौतीका कारण आधिकारिक तथ्याङ्कभन्दा वास्तविक संक्रमित र मृतकको संख्या बढी हुन सक्ने जनाएको छ।
मे १५ मा घोषणा गरिएको यो प्रकोप कंगोमा हालसम्मकै ठूलो र घातक इबोला प्रकोप बनेको छ।






..jpeg)












प्रतिकृया दिनुहोस