• १८ असोज २०८३, आइतबार

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा तीन सदस्य  नियुक्त

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन जनालाई नियुक्त गरेको छ।

मन्त्रालयका अनुसार समितिको अध्यक्षमा भीमकान्त लामिछाने तथा सदस्यमा मधु न्यौपाने र सञ्जय पाण्डे नियुक्त भएका हुन्।

नवनियुक्त अध्यक्ष लामिछानेसहित सदस्यद्वय न्यौपाने र पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस