• १० मङ्सिर २०८३, बिहीबार

स्वास्थ्य बीमा सेवा लिन अब भौतिक परिचयपत्र नचाहिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध बीमितले सेवा लिन भौतिक परिचयपत्र अनिवार्य नरहेको स्पष्ट पारेको छ। अब डिजिटल कार्ड वा बीमितको विवरण स्पष्ट देखिने फोटोका आधारमा पनि स्वास्थ्य बीमाअन्तर्गत सेवा लिन सकिने भएको छ।

बोर्डले सूचना जारी गर्दै स्वास्थ्य सेवा प्रदायक संस्थालाई डिजिटल कार्ड वा फोटोका आधारमा बीमा नम्बर दर्ता प्रणालीमा भिडान गरी बीमितको पहिचान यकिन गरेर सेवा प्रवाह गर्न निर्देशन दिएको हो।

बोर्डले भौतिक परिचयपत्र साथमा नभएकै कारण कुनै पनि बीमितलाई स्वास्थ्य बीमाअन्तर्गतको सेवाबाट वञ्चित नगर्न सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा. पवनकुमार साहद्वारा जारी सूचनामा डिजिटल माध्यमबाट बीमितको विवरण प्रमाणीकरण गरी सेवा उपलब्ध गराउन भनिएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस