राष्ट्रपति पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पतालमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएका छन्।
हरेक वर्ष नियमित स्वास्थ्य जाँच गराउँदै आएका राष्ट्रपति पौडेलले अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुसम्बन्धी आवश्यक परीक्षण गराएका हुन्।
सेन्टरमा परीक्षण गराएपछि शिक्षण अस्पतालमै उनको छातीको एक्स-रे, रगत परीक्षणलगायत अन्य नियमित स्वास्थ्य जाँच भइरहेको अस्पताल स्रोतले जनाएको छ।








..jpeg)







..jpeg)



प्रतिकृया दिनुहोस