डा. ओम मूर्ति अनिलद्धारा लिखित पुस्तक ‘जीवन्त सम्वन्ध’ सार्वजनिक
काठमाडौँ। डा. ओममूर्ति अनिलद्धारा लिखित ‘जीवन्त सम्वन्ध’ पुस्तक सार्वजनिक भएको छ।
राजधानीमा शुक्रबार भएको विशेष समारोहकाबीच लेखक डा ओममूर्तिकी आमा राजकुमारी देवी सिंहले पुस्तकको लोकार्पण गरेकी हुन्।
कार्यक्रममा लेखक डा. ओममूर्तिले जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको बताए।
पुस्तकको लोकार्पण लेखक लेखक डा. ओममूर्तिकी आमाले गरेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथिका पमा रहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले समेत पुस्तकबारे बोलेका थिए।
त्यसैगरी आईओएमका पूर्वडिन प्राडा जगदीश प्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए।

डा रविन्द्र समिरले पुस्तकमा सम्बन्धहरूको गहिराईलाई केलाइएको, व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित भएको, मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने र सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने कुरा रहेको बताए।
डा ओम मूर्तिले पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिने बताए।
स्तककोहार्ड कभरको मूल्य १ हजार रुपैयाँ तथा समान्य कभरको मूल्य ६ सय रुपैयाँ राखिएको छ।


















प्रतिकृया दिनुहोस