• १२ कार्तिक २०८३, बुधबार

प्राविधिक समस्याले औषधि विभागको अनलाइन सेवा बन्द

काठमाडौं । औषधि व्यवस्था विभागको अनलाइन औषधि व्यवस्था प्रणाली (ड्याम्स) प्राविधिक समस्याका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

विभागले सोमबार एक सूचना जारी गर्दै Drug Administration Management System (DAMS) सफ्टवेयरमा पीएचपी सम्बन्धी समस्या देखिएकाले अनलाइन सेवा बन्द भएको जनाएको हो।

विभागका अनुसार अर्को सूचना जारी नभएसम्म अनलाइनमार्फत प्रदान गरिने सम्पूर्ण सेवा बन्द रहनेछन्। प्राविधिक समस्या समाधान भएपछि सेवा यथाशीघ्र पुनः सञ्चालन गरिने र त्यसबारे विभागको आधिकारिक वेबसाइटमार्फत जानकारी गराइने सूचनामा उल्लेख छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस