• १२ कार्तिक २०८३, बुधबार

मेट्रोल्याब्सको लक्ष्य विदेश पठाइने जटिल परीक्षण नेपालमै उपलब्ध गराउनु हो: शंकर देवकोटा

‘हाम्रो सोच सरल छ– हामी नमुना मात्र परीक्षण गर्दैनौं, प्रत्येक नमुनालाई एउटा मानिसको जीवनसँग जोडिएको जिम्मेवारीका रूपमा लिन्छौं।’

नेपालमा सामान्य डाइग्नोस्टिक सेवा विस्तार हुँदै गए पनि जटिल तथा सुपरस्पेसलाइज्ड परीक्षणका लागि अझै विदेश जानुपर्ने बाध्यता छ। यही आवश्यकता पूरा गर्ने उद्देश्यले मेट्रोल्याब्सले एडभान्स डाइग्नोस्टिक सेवामा जोड दिएको छ।

नेपालमै जटिल परीक्षणको क्षमता विकाससँगै डिजिटल प्रविधिमार्फत बिरामीको सम्पूर्ण डाइग्नोस्टिक अनुभव सहज बनाउने योजनामा रहेको मेट्रोल्याब्सका प्रबन्ध निर्देशक शंकर देवकोटासँग गरिएको कुराकानीः

मेट्रोल्याब्स स्थापना गर्नुको मुख्य उद्देश्य के हो ?

मेट्रोल्याब्सका दुई मुख्य उद्देश्य छन्। पहिलो, नेपालमा सुपरस्पेसलाइज्ड तथा एडभान्स डाइग्नोस्टिक परीक्षणको क्षमता विकास गर्नु हो। अहिले भारत वा अन्य मुलुकमा पठाउनुपर्ने जटिल परीक्षण क्रमशः नेपालमै उपलब्ध गराउने हाम्रो लक्ष्य छ।

दोस्रो, डाइग्नोस्टिक सेवाको अनुभवलाई पनि सहज र स्तरीय बनाउने हाम्रो उद्देश्य हो। डिजिटल बुकिङ, घरमै नमुना संकलन, व्यवस्थित नमुना व्यवस्थापन, डिजिटल रिपोर्ट र स्वास्थ्य अभिलेख व्यवस्थापनमार्फत नमुना संकलनदेखि रिपोर्ट प्राप्तिसम्मको प्रक्रिया सहज बनाउने हाम्रो योजना छ ।

नेपालमा यति धेरै डाइग्नोस्टिक प्रयोगशाला हुँदाहुँदै मेट्रोल्याब्सको आवश्यकता किन पर्यो ?

नेपालमा नियमित परीक्षणको पहुँच बढेको छ। तर उच्चस्तरीय, जटिल र सुपरस्पेसलाइज्ड परीक्षणमा अझै ठूलो अन्तर छ। यही अन्तर पूरा गर्न मेट्रोल्याब्स स्थापना भएको हो।

हामी उन्नत प्याथोलोजी, आणविक निदान, विशेषीकृत हेमाटोलोजी, इम्युनोहिस्टोकेमिस्ट्री, अन्कोलोजी र जीनसम्बन्धी परीक्षणमा क्षमता विकास गरिरहेका छौं। हाम्रो उद्देश्य अरू प्रयोगशालालाई प्रतिस्थापन गर्ने होइन, नेपालको डाइग्नोस्टिक क्षेत्रमा नयाँ क्षमता थप्नु हो।

विदेश पठाइने परीक्षण नेपालमै रोक्ने योजना कत्तिको सम्भव छ ?

यो महत्वाकांक्षी योजना हो, तर आवश्यक पनि छ। सबै परीक्षण तत्काल नेपालमै गर्न सकिँदैन। तर अहिले विदेश पठाइनेमध्ये सकेसम्म धेरै जटिल परीक्षण क्रमशः नेपालमै ल्याउने हाम्रो लक्ष्य हो।

यसले परीक्षणको रिपोर्ट पाउन लाग्ने समय र लागत घटाउँछ। साथै, नेपालमै विशेषज्ञता र गुणस्तरीय डाइग्नोस्टिक क्षमता विकास गर्न सहयोग पुग्छ।

सुपरस्पेसलाइज्ड सेवा विस्तारका लागि के गर्दै हुनुहुन्छ ?

उन्नत प्याथोलोजी, आणविक निदान, विशेषीकृत माइक्रोबायोलोजी, फ्लो साइटोमेट्री, इम्युनोहिस्टोकेमिस्ट्री, अन्कोलोजी र जीनसम्बन्धी परीक्षणमा काम गरिरहेका छौँ। भविष्यमा नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ (एनजीएस) जस्ता थप विशेषीकृत सेवा विस्तार गर्ने योजना छ।

गुणस्तर र सेवाको पहुँचलाई कसरी सँगसँगै लैजानुहुन्छ ?

हाम्रो बुझाइमा गुणस्तर र पहुँच एकअर्काका विकल्प होइनन्। उन्नत प्रविधि र विशेषज्ञता नेपालमै विकास गर्न सके विदेशमा परीक्षण गर्दा लाग्ने समय र खर्च घटाउन सकिन्छ।

हामी व्यावसायिक संस्था भए पनि बिरामीको सेवा प्राथमिकतामा छ। उचित लागतमा गुणस्तरीय सेवा उपलब्ध गराउने र धेरै सेवाग्राहीसम्म सेवा पुर्याउने हाम्रो सोच हो।

सेवाग्राहीको अनुभवमा कस्तो परिवर्तन ल्याउन खोज्नुभएको छ ?

राम्रो निदान मात्र पर्याप्त हुँदैन, राम्रो डाइग्नोस्टिक अनुभव पनि आवश्यक छ। प्रयोगशालामा गएर लाइन बस्ने, नमुना दिने र रिपोर्ट लिन फेरि जानुपर्ने प्रक्रियालाई सहज बनाउन खोजेका छौँ। डिजिटल बुकिङ, घरमै नमुना संकलन, डिजिटल रिपोर्ट र रिपोर्ट ट्र्याकिङमार्फत सम्पूर्ण प्रक्रियालाई सेवाग्राही केन्द्रित बनाउने हाम्रो प्रयास हो।

‘माइ हेल्थ नाउ’ ले के सुविधा दिन्छ?

‘माइ हेल्थ नाउ’ हाम्रो डिजिटल प्रणालीको महत्वपूर्ण हिस्सा हो । यसबाट परीक्षण बुकिङ, घरमै नमुना संकलन, डिजिटल रिपोर्ट, रिपोर्ट ट्र्याकिङ र परिवारका स्वास्थ्य अभिलेखलाई एउटै प्रणालीमा जोड्ने प्रयास गरेका छौँ। यसले सेवाग्राहीलाई आवश्यक सेवाका लागि पटक–पटक प्रयोगशालामा भौतिक रूपमा पुग्नुपर्ने अवस्था कम गर्छ।

अत्याधुनिक प्रविधि प्रयोग गर्दैमा गुणस्तरीय निदान सुनिश्चित हुन्छ ?

प्रविधि महत्वपूर्ण छ, तर प्रविधि मात्र गुणस्तर होइन। दक्ष जनशक्ति, उपकरणको प्रमाणीकरण र क्यालिब्रेसन, गुणस्तर नियन्त्रण, बाह्य गुणस्तर मूल्यांकन, मानकीकृत कार्यविधि र विशेषज्ञको व्याख्या पनि उत्तिकै आवश्यक हुन्छ। त्यसैले हामी उपकरणसँगै जनशक्ति, कार्यप्रणाली, गुणस्तर प्रणाली र डिजिटल पूर्वाधारमा पनि लगानी गरिरहेका छौँ।

क्यान्सर निदानमा मेट्रोल्याब्सको प्राथमिकता के हो ?

क्यान्सरमा समयमै र सही निदान महत्वपूर्ण हुन्छ। त्यसैले उन्नत प्याथोलोजी, इम्युनोहिस्टोकेमिस्ट्री, आणविक निदान र जिनसम्बन्धी परीक्षणको क्षमता विस्तार गरिरहेका छौँ। यसका लागि कार्कीनोज हेल्थकेयर र कोर डाइग्नोस्टिक जस्ता संस्थासँग सहकार्यको पहल गरेका छौँ। यसको उद्देश्य प्रविधि ल्याउनु मात्र नभई ज्ञान, विशेषज्ञता र उन्नत निदान क्षमता नेपालमै विकास गर्नु हो।

 

गुणस्तर मान्यता र सेवा विस्तारको योजना के छ ?

प्रयोगशालाको गुणस्तर प्रणालीलाई निरन्तर सुदृढ गर्दै ए श्रेणीको प्रयोगशाला मान्यता र एनएबीएलस्तरको गुणस्तर मान्यतातर्फ अघि बढिरहेका छौँ।

दीर्घकालीन रूपमा गुणस्तरीय निदान सेवा काठमाडौंमा मात्र सीमित नराखी देशभर पुर्याउने लक्ष्य छ। चितवन, पोखरा र विराटनगरलगायत स्थानमा नमुना संकलन सञ्जाल विस्तार गर्दै डिजिटल प्रणालीमार्फत सेवाग्राहीलाई एउटै सेवासँग जोड्ने योजना छ।

मेट्रोल्याब्सले नेपालको डाइग्नोस्टिक क्षेत्रमा कस्तो परिवर्तन ल्याउन चाहन्छ ?

हामी केवल अर्को प्रयोगशाला थप्न चाहँदैनौं। विदेश पठाउनुपर्ने विशेषीकृत परीक्षण नेपालमै उपलब्ध गराउँदै देशभित्रै उन्नत निदान क्षमता विकास गर्न चाहन्छौँ। साथै, बुकिङदेखि नमुना संकलन, परीक्षण, रिपोर्ट र स्वास्थ्य अभिलेखसम्मको अनुभवलाई सहज र पारदर्शी बनाउन चाहन्छौँ।

हाम्रो सोच सरल छ– हामी नमुना मात्र परीक्षण गर्दैनौं, प्रत्येक नमुनालाई एउटा मानिसको जीवनसँग जोडिएको जिम्मेवारीका रूपमा लिन्छौँ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस