ब्लड बैंकमा रगतको अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएको जनाउँदै सर्वसाधारणलाई रक्तदान गर्न आग्रह गरेको छ।
दसैँ बिदाका कारण रक्तदान कार्यक्रम घट्नु र अस्पतालमा बिरामीको चाप बढ्नुले रगतको अभाव भएको रेडक्रसले जनाएको छ।
केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार सबै रक्तसमूहका होल ब्लड, प्याक्ड रेड ब्लड सेल र प्लेटलेट्सको मौज्दात सकिएको छ। यसले बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन कठिनाइ भएको छ।
रेडक्रसले १८ वर्ष पूरा भएका स्वस्थ व्यक्तिका साथै पछिल्लो रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदातालाई रक्तदान गर्न आह्वान गरेको छ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले रगतको अभाव टार्न स्वयंसेवी रक्तदाता तथा विभिन्न सङ्घसंस्थालाई सहयोग गर्न अपिल गरेका छन्।
रक्तदान गर्न इच्छुक व्यक्ति वा रगत आवश्यक पर्नेले केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१५३८८४८५ र ०१५३८८४८६ वा निःशुल्क हटलाइन ११३० मा सम्पर्क गर्न सक्नेछन्। रक्तसञ्चार सेवासम्बन्धी जानकारीका लागि ‘एनआरसीएस बीटीएस’ एप पनि प्रयोग गर्न सकिने रेडक्रसले जनाएको छ।



..jpeg)




..jpeg)


.png)







प्रतिकृया दिनुहोस