बालबालिका, गर्भवती र दीर्घरोगीलाई इनर्जी ड्रिंक्स नपिउन विभागको आग्रह
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ।
विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगसम्बन्धी जानकारी सार्वजनिक गर्दै सेवन गर्न मिल्ने व्यक्तिलाई समेत दिनमा दुई क्यानभन्दा बढी नपिउन सुझाव दिएको छ।
विभागका अनुसार नेपालमा १७ वटा उद्योगले अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। उत्पादनको लेबल र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार प्रतिक्यान १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको छ।
विभागले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिनको मात्रा दैनिक ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सकिने जनाएको छ।
इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध र मोहीजस्ता पौष्टिक पेयको विकल्प नबनाउन तथा अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि विभागले आग्रह गरेको छ।
उत्पादक तथा विक्रेतालाई उत्पादनको लेबलमा सुरक्षित उपभोगसम्बन्धी चेतावनी स्पष्ट राख्न र प्रचलित कानुनअनुसार मात्रै विज्ञापन तथा प्रचारप्रसार गर्न विभागले निर्देशन दिएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत काम गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।


..jpeg)





..jpeg)


.png)







प्रतिकृया दिनुहोस