• १२ कार्तिक २०८३, बुधबार

गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट सन् २०३० सम्म राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि ८ अर्ब ५९ करोड १९ लाख रुपैयाँभन्दा बढीको सहायता प्राप्त गर्ने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल तथा गाभीसँगको संवादपछि उक्त सहायता सुनिश्चित भएको हो।

यसैगरी, आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि देखाउँदै नेपालले फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर पनि मिनाहा भएको छ।

यो सहायताले नियमित खोप कार्यक्रमको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न तथा बालबालिकालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस