• १९ असोज २०८३, सोमबार

सुदूरपश्चिममा ७ लाख ३२ हजारभन्दा बढी स्वास्थ्य बिमामा आबद्ध

धनगढी । सुदूरपश्चिम प्रदेशमा ७ लाख ३२ हजार ७५२ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्।

स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म प्रदेशका नौ जिल्लाका नागरिक बिमा कार्यक्रममा जोडिएका हुन्। सबैभन्दा धेरै कैलालीमा ३ लाख ६१ हजार ९७९ र सबैभन्दा कम दार्चुलामा २३ हजार २०३ जना आबद्ध छन्।

यस्तै, कञ्चनपुरमा ८७ हजार ८७, अछाममा ६७ हजार ३०८, बझाङमा ५२ हजार २११, बाजुरामा ४५ हजार ४५४, बैतडीमा ३४ हजार २७०, डडेलधुरामा ३३ हजार ३७८ र डोटीमा २७ हजार ८६२ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन्।

बोर्डका अनुसार स्वास्थ्य बिमा कार्यक्रमले उपचार खर्चको आर्थिक जोखिम न्यूनीकरण गर्दै नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुर्‍याउँदै आएको छ। कार्यक्रममा आबद्ध परिवारले तोकिएको योगदानका आधारमा स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था छ।

प्रतिकृया दिनुहोस