• १९ असोज २०८३, सोमबार

पाँचथरमा बालबालिकालाई स्वर्णबिन्दु प्राशन सुरु

फिदिम । पाँचथरमा पहिलो पटक एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन सुरु गरिएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पाँचथरले सोमबारदेखि बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन थालेको हो। आयुर्वेद चिकित्सा पद्धतिअनुसार सुनको भस्मलाई घिउ र महमा मिसाएर तयार पारिएको घोललाई स्वर्णबिन्दु भनिन्छ।

स्वास्थ्य केन्द्रका प्रमुख डा. दिलीपकुमार यादवका अनुसार जिल्लामा कम्तीमा एक हजार बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउने लक्ष्य राखिएको छ। यो अभियान हरेक महिनाको पुष्य नक्षत्रका दिन सञ्चालन गरिनेछ।

कार्यक्रमको शुभारम्भ जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस