जाजरकोटमा स्क्रब टाइफसका १२२ संक्रमित
जाजरकोट । जाजरकोटमा साउनदेखि असोजसम्म १२२ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीन महिनामा ४०४ जना शङ्कास्पद बिरामीको परीक्षण गरिएको थियो।
साउनमा १९, भदौमा ५६ र असोजमा ४७ जनामा संक्रमण देखिएको हो। नलगाड नगरपालिकामा २०३ जनाको परीक्षण गर्दा ७६ जना र जिल्ला अस्पतालमा १९३ जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको छ। हाल जिल्ला अस्पतालमा दुई जना उपचाररत छन्।
निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सुनिल पुनले समयमै परीक्षण र उपचार गरे स्क्रब टाइफस निको हुने बताए। उनले ज्वरो आएमा अनुमानका भरमा औषधि सेवन नगरी स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे।
स्क्रब टाइफस ‘चिगर’को टोकाइबाट सर्ने भएकाले स्वास्थ्यकर्मीले झाडी तथा घाँसे क्षेत्रमा जाँदा शरीर ढाकिने कपडा लगाउन र लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन सुझाव दिएका छन्।








..jpeg)










प्रतिकृया दिनुहोस