नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त
काठमाडौं । नेपाल नर्सिङ परिषद्को रिक्त सदस्य पदमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्ट नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उनीहरूलाई परिषद्को सदस्यमा नियुक्त गरेको हो। नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका छन्।
मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मेहताले उनीहरूलाई शपथ गराएकी हुन्। नवनियुक्त सदस्यहरूले नर्सिङ तथा मिडवाइफरी क्षेत्रको विकास, नियमन र गुणस्तरीय सेवा प्रवाहका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।



..jpeg)




-1791107019..jpeg)












प्रतिकृया दिनुहोस