• १९ असोज २०८३, सोमबार

धनकुटामा बालबालिकालाई स्वर्णबिन्दु प्राशन सुरु

धनकुटा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन सुरु गरेको छ।

पुष्य नक्षत्रको अवसर पारेर सुरु गरिएको कार्यक्रमको शुभारम्भ कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराएर गरेका हुन ।

केन्द्रकी प्रमुख डा. विद्या श्रेष्ठका अनुसार आयुर्वेदिक मान्यताअनुसार स्वर्णबिन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकास, स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता विकासमा सहयोग पुग्ने विश्वास गरिन्छ। सुनको भस्म, मह र घिउको मिश्रणबाट स्वर्णबिन्दु तयार गरिन्छ।

धनकुटामा पहिलो पटक सुरु गरिएको कार्यक्रम हरेक महिनाको पुष्य नक्षत्रका दिन सञ्चालन गरिनेछ। हालसम्म एक सय ५० बालबालिका स्वर्णबिन्दु प्राशनका लागि दर्ता भएका छन्।

प्रतिकृया दिनुहोस