स्वास्थ्य बीमा कार्यक्रममा पुसदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन डिजिटल सुधारसम्बन्धी विभिन्न निर्णय गरेको हो।
बोर्डको असोज १२ गते बसेको दोस्रो बैठकले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
यस्तै, बीमित परिवारले ‘एचआईबी ई–पोर्टल’मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय भएको छ। यसबाट बीमितको पहिचान सुनिश्चित हुनुका साथै दोहोरो आबद्धता नियन्त्रण र दाबी व्यवस्थापन प्रभावकारी हुने बोर्डले जनाएको छ।
बोर्डले सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत–प्रभावकारी बनाउन ‘रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल’ गठन गर्ने निर्णयसमेत गरेको छ। कार्यदलले ६० दिनभित्र सेवा प्रदायक छनोट, सम्झौता, सेवाको वर्गीकरण तथा भुक्तानी विधिसम्बन्धी प्रतिवेदन बुझाउनेछ।
त्यस्तै, इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) मार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख र दाबी विवरणलाई मान्यता दिई भविष्यमा एआई तथा मेसिन लर्निङमा आधारित दाबी समीक्षा प्रणालीमा प्रयोग गर्ने निर्णय भएको छ।
दाबी व्यवस्थापनलाई व्यवस्थित बनाउन पहिलो चरणमा २ हजार १८९ वटा कस्टमाइज्ड आईसीडी–११ कोड ‘आईएमईएस’ प्रणालीमा प्रयोग गर्ने निर्णयसमेत बोर्डले गरेको छ।




..jpeg)



-1791107019..jpeg)












प्रतिकृया दिनुहोस