तनहुँमा २ हजार ५४८ किशोरीलाई एचपीभी खोप
तनहुँ । तनहुँमा पाठेघरको मुखको क्यान्सरविरुद्ध २ हजार ५४८ किशोरीलाई एचपीभी खोप लगाइएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १० स्थानीय तहका विद्यालयमा अध्ययनरत कक्षा ६ का २ हजार ५४२ र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका ६ किशोरीलाई खोप लगाइएको हो।
खोप अभियानका लागि जिल्लाका १० वटै स्थानीय तहका २५४ विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको थियो।
सबैभन्दा धेरै व्यास नगरपालिकामा ७३५ र सबैभन्दा कम घिरिङ गाउँपालिकामा ९२ किशोरीले खोप लगाएका छन्। त्यस्तै शुक्लागण्डकीमा ४६९, भानुमा २१६, भिमादमा २३८, देवघाटमा २२९, आँबुखैरेनीमा २२६, बन्दीपुरमा १८६, म्याग्देमा १४५ र ऋषिङमा ११२ किशोरीले खोप लगाएको कार्यालयले जनाएको छ।




..jpeg)



-1791107019..jpeg)












प्रतिकृया दिनुहोस